Monday, February 10Nepal News Portal
Shadow

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउनेहरु युवा पक्राउ


धनगढी, पुस २४ (ससं) । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभामा उक्त टिसर्ट लगाएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको बताइएको छ । यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्