Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug/inc/functions.php on line 597
Sunday, July 14Nepal News Portal
Shadow

नेप्समा १८.७६ अंकको गिरावट, ४ अर्ब ५ करोडको कारोबार


 

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.७६ अंकले घटेर दुई हजार ७६.४९ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४० वटाको बढेको छ भने १९८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४०९ रुपैयाँ पुगेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि बरुण हाइड्रोपावर लिमिटेडको ११ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्