काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको रोष्टमबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका फिर्ता गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले बजेटप्रति चरम असन्तुष्टि रहेको भन्दै बजेट पुस्तिका सभामुखमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई फिर्ता पठाएका हुन् ।
बजेटमा कर्णालीलाई उपेक्षा गरेको बताउँदै उनले भने,‘यो किताब मन्त्री ज्यूलाई सिधै दिन मिल्दैन म सभामुखज्यू मार्फत भन्न चाहन्छु, म सिङ्गो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै मन्त्रीज्यूलाई फिर्ता पठाउँछु, चाहिँदैन यो बजेट ।’