Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug/inc/functions.php on line 597
Sunday, July 14Nepal News Portal
Shadow

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने


काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । कम्पनीले मंगलबार एक समारोहका बीच सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्