Wednesday, February 12Nepal News Portal
Shadow

पुरुषले जन्नै पर्ने कुरा, महिलाको रोजाइमा हुन्छन् यस्ता पुरुष


टिप्स
हरेक महिला र पुरुष बीच छुट्टै किसिमको सम्बन्धको सुरुवात हुन्छ । महिलाहरुले सामान्यतया पुरुषमा केही त्यस्ता कुरा खोज्ने गर्दछन् । जुन कुराले उनीहरुलाई भित्रैबाट आकर्षित गराउँदछ । यस्ता कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट हुने गर्दछ ।

पुरुषमा तल उल्लेखित गुणहरु महिलाने चाहन्छन्

लुक्स र आकर्षण : हुन त दीर्घ स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।

मुस्कान : राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे ।

स्वभाव : कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।

ह्युमर : यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

बनौट : शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औषत उचाइ भएका पुरुष मन पर्छन् ।

महिलालाई ध्यान दिनुस : आफुनो प्रेमीको लागि सबै भन्दा आवश्यक चिज ध्यान दिनु पनि हो । आफ्नो मान्छेको हरेक कुराहरुमा राम्रो सँग ध्यान दिनुभयो भने भाबनात्मक अझै नजिक हुन्छ सम्बन्ध । यो कुरा चाहे पुरुष चाहे महिला दुवैमा आवश्यक पर्दछ ।

सरसफाई : सम्बन्धलाई प्रगाध बनाउने अर्को महत्वपुर्ण कुरा हो सरसफलाई । दैनिक सरसफाई चट्ट लुगा लगाउनु भयो भने तपाई प्रति महिलाको छिटो ध्यानआर्किषत हुन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्