Monday, March 17Nepal News Portal
Shadow

सेबोनको अध्यक्ष चयन प्रक्रिया अन्योलमा


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबो) को अध्यक्ष चयन प्रक्रियाले नयाँ मोड लिएको छ । दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा पनि ३ जना प्रतिस्पर्धी अनुपस्थित हुँदा चयन प्रक्रिया नै अन्योलमा परेको हो ।

अन्तर्वार्ताका ला
गि छानिएका ५ जनामध्ये ३ जनाले दोस्रो पटक प्रस्तुति दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रीपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।

आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित बनेका हुन् । उनीहरू नै यसअघि २ गतेको अन्तरवार्तामा समेत अनुपस्थित बनेका थिए । २ गते अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित बनेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्