काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्याफिटललाई नियुक्त गरेको छ । असार २ गते आयोजित कार्यत्रममा कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ती न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० किक्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले बताएको छ ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकया नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले विभिन्न बैंकसँगको सहकार्यमा काठमाडौको बल्खुमा करिब ३६ रोपनीभन्दा बढि जग्गामा व्यापारीक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २ हजार १५२ पसल छन् भने सिभिलतर्फको ८६ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।