Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, March 18Nepal News Portal
Shadow

वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं । वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री  दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले १० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायी र कामदारका विरुद्ध हुने ढिलासुस्ती, एकाधिकार तथा सबै प्रकारका सिन्डिकेटहरूको अन्त्य गर्दै यो क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको हो ।

वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगारमा ऐनमा सुधार, बजार प्रवर्द्धन र लागत खर्चको आधार कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल बृद्धि लगायतका व्यवसायीहरूका जायज मागहरू सम्बोधन गर्न मञ्चले माग गरेको छ ।

वैदेशिक रोजगारमा जाँदा लाग्ने कामदारको खर्च शीर्षक निर्धारण गर्न मञ्चले माग गरेको छ । त्यस्तै वैदेशिक रोजगार ऐन २०६४ मा रहेका पूर्व र अन्तिम स्वीकृति जस्ता झन्झटिला कार्यविधि हटाई समय सापेक्ष परिवर्तन गर्न समेत माग गरिएको छ ।

त्यस्तै महिला कामदारहरूलाई सहज ढङ्गबाट व्यवसायीहरू मार्फत मात्रै वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाउन समेत मञ्चको माग छ । युरोपका विभिन्न देशको भिसा लगाउन ठुलो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न युरोपेली देशहरूको भिसा कन्सुलर शाखा नेपालमा स्थापना गर्न कूटनीतिक पहलका लागि ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायी र कामदारको हकहितको पक्षमा हुने कामहरू गरिने जनाए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्