Monday, February 10Nepal News Portal
Shadow

आज स्वदेश फर्कदै प्रचण्ड


काठमाडौं, पुस २५ (ससं) । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार (आज) स्वदेश फर्कंदैछन् । छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

दाहाल गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए ।

सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ । छोरी गंगा दाहालका अनुसार बिहीबार सीताको स्टेम ट्रान्सप्लान्ट गरिएको थियो ।
काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएका कारण दाहाल परिवार दिल्ली हुँदै मुम्बई गएको थियो । मुम्बईमा रहँदा दाहालले विभिन्न राजनीतिक भेटघाट गरेको चर्चा चलेको थियो । भारतीय र नेपाली सञ्चारमाध्यमहरुले पनि दाहालले राजनीतिक भेटघाट गरेको उल्लेख गरेका थिए । तर, गंगाले कुनै राजनीतिक भेटघाट नभएको भन्दै ती सबै हल्ला मात्र भएको बताइन् । ‘बुबा आएदेखि नै अस्पतालमा हुनुहुन्छ कुनै पनि बाहिरी भेटघाट भएको छैन,’ उनले भनिन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्