Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug/inc/functions.php on line 597
Sunday, July 14Nepal News Portal
Shadow

आन्तरिक राजस्व विभागले बढायो राजस्व संकलन


 

काठमाडौं। आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार पछिल्लो केही महिनामा राजस्व संकलनमा वृद्धि भएको हो।

चालू आर्थिक वर्षको जेठको राजस्व संकलन ४१ अर्ब १९ करोड छ। गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो, जुन ११।३० प्रतिशतको वृद्धि हो।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो।

गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब थियो। गत वर्षभन्दा चालू आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए।

आयकर ९भाडा र ब्याजसमेत० बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर ९आन्तरिक० बाट १ खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब संकलन भएको छ।

महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजस्व उठेको छ। हालसम्म कुल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजस्व संकलनमा तीव्रता दिइने तिवारीले बताए।

अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीको भनाइ छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको महत्त्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन।

राजस्व संकलनमा करदाता कार्यालयमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ। यी कार्यालयले १ खर्ब ७५ अर्ब राजस्व उठाएका छन्। ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो।

वार्षिक १ अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछन्। १ अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५४५ छन्।

कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालू आवको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजस्व संकलन वृद्धि भएको महानिर्देशक तिवारीको दाबी छ।

यस्तै, अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बुझाइ छ।

तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०÷८१ मा समग्रमा ४३ प्रतिशतको महत्त्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए। कुल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत राजस्वको लक्ष्य दिइएको हुन्छ।

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा। महतले १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरेका थिए। तर, आर्थिक वर्षको अन्तिम महिनासम्म लक्ष्यभन्दा धेरै कम अर्थात् १० प्रतिशत हाराहारी मात्र राजस्व संकलन हुन सकेको छ। अपेक्षित रुपमा राजस्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्