Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
वामदेव गौतमले गरे एकता राष्ट्रिय अभियानको घोषणा – Udhyognews.com
Thursday, April 17Nepal News Portal
Shadow

वामदेव गौतमले गरे एकता राष्ट्रिय अभियानको घोषणा


काठमाडौं, पुुस २५ (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा उभिन दबाब दिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।

उनले पार्टी विभाजनको अवस्थामा आइ पुग्नुका पछाडि दुवै अध्यक्षहरु (केपी शर्मा ओली र पुष्पकमल दाहाल) उत्तिकै जिम्मेबार रहेको बताएका छन्।

गौतमले छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु प्रचण्डको गल्ती रहेको आशय व्यक्त गरेका छन्। अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने अवस्था भए राजीनामा दिनुको सट्टा प्रतिनिधिसभा नै भंग गर्ने प्रधानमन्त्रीको कदम झनै गलत रहेको गौतमले उल्लेख गरेका छन्।
कमी कमजोरीलाई सच्याएर फेरि एकताका लागि तयार हुन उनले दुई अध्यक्षसहित नेतृत्वमा रहेका नेताहरुलाई पनि आग्रह गरेका छन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्