Wednesday, February 12Nepal News Portal
Shadow

जसपाले आज संसद् विघटनविरुद्ध विरोधसभाआयोजना गर्दै


काठमाडौं, पुस २५ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध शनिबार (आज) जनता समाजवादी पार्टी (जसपा)ले एक साथ तीन शहरमा विरोध सभाको आयोजना गर्ने भएको छ ।

विराटनगर, धनगढी र भैरहवामा आज जसपा नेपालले विरोधसभाको आयोजना गरेको हो । त्यसका लागि वक्ता केन्द्रबाट नै खटिएका छन् । विराटनगरको सभाका लागि पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह प्रमुख वक्ताको रुपमा विराटनगर पुगिसकेका छन् भने धनगढीको सभाका लागि पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव पनि मुख्य वक्ताको रुपमा पुगिसकेका छन् ।

त्यस्तै भैरहवामा हुने विरोधसभाका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्ला पनि त्यहाँ पुगिसकेका छन् । आजको कार्यक्रम सम्पन्न भएपछि अर्को कार्यक्रम पुस २७ गते वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा हुनेछ भने पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा हुनेछ ।

त्यसैगरी, माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा, रौतहटमा यस्तै विरोधसभा हुने जसपा नेपालले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्