Thursday, January 23Nepal News Portal
Shadow

नेप्से परिसूचक ५ .३७ अंकले घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ .३७ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १० .४४ अंक घटेकोमा आज पनि त्यसले निरन्तरता पाएको हो ।

0.२५ प्रतिशतले घटेर आज नेप्से परिसूचक २0६२.९४ अंकमा संकुचित भएको छ ।

अघिल्लो साता चार कारोबार दिनमा पहिलो दिन १७ .0४ र दोस्रो दिन १८. ७६ अंकले घटेको शेयर बजार तेस्रो दिन भने सामान्य अंकले बढेको थियो । उक्त दिन बजार २ . २७ अंकले बढेको थियो ।

अन्तिम कारोबार दिन पुनस् शेयर बजार ओरालो लागेको थियो । उक्त ओ‌रालोले यस साताको सुरुवाती कारोबार दिनमा पनि निरन्तरता पाएको हो ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम भने बढेको छ । शुक्रबार ३ अर्ब ८७ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब ३७ करोड रुपैयाँको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्