Sunday, July 14Nepal News Portal
Shadow

नेप्से ३.२१ अंकले बढ्यो, पाँच अर्ब सात करोडको कारोबार


काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ ।

यसदिन पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ । १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्तको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्