Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
एसईईबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै – Udhyognews.com
Thursday, April 17Nepal News Portal
Shadow

एसईईबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)  बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ ।

आज बैठक बस्न लागेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । एसईईको नतिजा आज आउने सम्भावना भने न्यून रहेको अध्यक्ष शर्माले बताए ।

प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताए ।

नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्