Saturday, March 22Nepal News Portal
Shadow

ललितपुरमा लक्ष्मी सनराइज बैंकको शाखा स्थानान्तरण


काठमाडौं महानगरपालिका वडा न‍‍‍‍‍‍‍‌.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरू मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न .१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन्।

बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ।

 

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्