काठमाडौं, पुस २५ (ससं) । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताएका छन् । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा नहुने बताएका हुन्् ।
कांग्रेस नेता सिंहले अघि भने, ‘दुई तिहाईको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ ?’