Thursday, January 23Nepal News Portal
Shadow

निर्वाचन आयोगले माधव नेपाललाई दिएन अध्यक्षको मान्यता


काठमाडौं, पुस २५ (ससं) । नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रूपमा विभाजन भएपछि आधिकारिकता निक्र्योल गर्न निर्वाचन आयोगले काटेको पत्रले माधवकुमार नेपाललाई अध्यक्षको मान्यता नदिएको देखिएको छ।

सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै अध्यक्षको रूपमा सम्बोधन गरेर लेखेको पत्रअनुसार आयोगले नेता नेपाललाई अध्यक्षको मान्यता नदिएको देखिएको हो।

आयोगले गत पुस २३ गते दुवै अध्यक्षको नाम उल्लेख गरेर पत्राचार गरे पनि पुस ८ गते अध्यक्ष चयन भएका भनिएका नेपाललाई भने अध्यक्षको रूपमा कुनै सम्बोधन नगरी पत्र मात्रै पठाएको छैन, उल्टै नेपालको अध्यक्ष चयनको प्रक्रियाप्रति प्रश्न उठाइदिएको छ।

“अध्यक्ष केपी शर्मा ओलीलाई हटाइएको, वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष पदमा निर्वाचित गरिएको, पार्टीको निर्णय पुस्तिकालगायत कागजातहरूमा प्रमाणीकरण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबाट हुने,” आयोगले लेखेको पत्रमा नेपालको अध्यक्ष जानकारी मात्रै आएको संकेत दिँदै अगाडि भनिएको छ, “अभिलेखमा दल दर्ता किताबमा कायम रहेको अध्यक्ष केपी शर्मा ओलीको नाम हटाई अध्यक्ष माधवकुमार नेपालको नाम कायम गरी अद्यावधिक तथा अभिलेखीकरण गरिदिन लेखी पठाएको भन्ने समेतका व्यहोरा उल्लेख भएको पत्रसाथ केन्द्रीय समितिको निर्णय उतारमा समेत अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने उल्लेख भएको छ।”

ओलीसँग राजनीतिक रूपमा विभाजित भएपछि प्रचण्ड पक्षधरले गत पुस ८ गते ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई चयन गरेको लिखित जानकारी दिएको भए पनि आयोगले भने नेपालको अध्यक्ष चयन प्रक्रियामाथि नै प्र्श्न उठाई ‘नोट’ मात्रै गरेको पत्रमार्फत् पुष्टि भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्