Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
दुई आर्थिक वर्षको लाभांश पारित गर्दै नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक, बोलायो साधारण सभा – Udhyognews.com
Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, March 22Nepal News Portal
Shadow

दुई आर्थिक वर्षको लाभांश पारित गर्दै नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक, बोलायो साधारण सभा


काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले साउन ६ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही, बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ । बोनस शेयर जारी गर्दा कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम हुने गरी कम्पनीको नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट ऋण सीमा स्वीकृतिको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको भत्ता र अन्य भत्ताहरूको पुनरावलोकन गर्ने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्