Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, March 18Nepal News Portal
Shadow

नेप्से परिसूचक १४. ८३ अंकले घटेर २०३७ को विन्दुमा


 

 

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ .८३ अंकले घटेर २०३७ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ८८ लाख रुपैयााको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ .६ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानीकर्ताले ५ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्ड २ का ईकाईधनीले ५. ३६ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ . ३० प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्