Monday, March 17Nepal News Portal
Shadow

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता सञ्चालन


काठमाडौं। ग्लोबल आइएमई बैंकका २३३ शाखा कार्यालयले एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्। बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

बैंकले ७ वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा ३५ हजार बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवती सहभागी भएको बताएको छ।

बैंकको कोसी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५ सय, मधेसमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा दुई हजार ५ सय बढी लक्षित वर्ग सहभागी थिए।

बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ मा सबै शातामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी, वित्तीय अनुशासनलगायत विषयमा जानकारी गराइएको छ।

बैंकले ३५४ शाखा, ३८४ एटीएम, २७७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्