Monday, February 10Nepal News Portal
Shadow

वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छः पर्यटनमन्त्री तामाङ


काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने जनाएका छन्।

नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री तामाङले यस्तो बताएका हुन्।

निगम लामो इतिहास पार गर्दै आज ६७ औं वर्षमा प्रवेश गर्दैछ। यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ उनले भने,अझै यसको अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवश्यक छ।

२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो।

हाल निगमका जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दुरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान गरिरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्