Monday, February 10Nepal News Portal
Shadow

सुन र चाँदीकै मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा कारोबार ? हेर्नुहोस्


काठमाडौं, पुस २६ (ससं) । स्थानीय बजारमा आइतबार सुनको मूल्य हत्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो । गत कारोबार दिन शुक्रबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावि सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेको छ । गत कारोबार दिन प्रतितोला १ हजार ३३० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य गत साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भई हालसम्मकै उच्च विन्दुम पुगेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्