Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, March 20Nepal News Portal
Shadow

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने


 

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८७ हजार रूपैयाँ कायम भएको छ । यस वर्ष कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव गत वैशाख २० गते पारित गरेको थियो । कम्पनीले ८३ करोड ५० लाख १३ हजार ५४४ रूपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्