Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै रास्वपा बाहिरिने – Udhyognews.com
Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, March 22Nepal News Portal
Shadow

नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै रास्वपा बाहिरिने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले जनाए ।

पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।

उनले भने, ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ । बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि नबढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वभाविक रूपमा बाहिर निस्कन्छौँ ।’

परियारले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी के कुरामा स्पष्ट छ भने अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै हामी हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ । हामी बहिर्गमित हुन्छौँ ।’

उनले परम्परागत पार्टी रातारात सरकार बदल्ने कुरामा अभ्यस्त रहेको तर जनताको सङ्घर्षबाट नयाँ व्यवस्था आएपछि चेत खुल्नुको सट्टा २०४७ सालदेखि जुन कुरामा अभ्यस्त रहेका थिए त्यो कुराबाट पर नगएको र त्यसमा रास्वपाको विमति रहेको बताए ।

गृह प्रशासनबाट देशको कुसंस्कार विरुद्ध जसरी काम गरेपछि बाध्यात्मक अवस्थामा गठबन्धन फेरिएको बताए । भोली पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने, सरकारमा बस्दाका कुरा, कामहरू बारे समीक्षा गर्ने उल्लेख गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्