काठमाडौं, पुस २६ (ससं) । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिराहा नगरपालिका २२ हकपाराका शिवनाथ यादव रहेका छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका २१ बाट नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरीले जानकारी दिएको हो । पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ।