Saturday, March 22Nepal News Portal
Shadow

बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूको सुझाव


काठमाडौंं। बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाव दिएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेका हुन् ।

बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ ।

त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा। शेर बहादुर पुनले सुझाए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्