Wednesday, February 12Nepal News Portal
Shadow

राजस्वले भन्सार विभागसँग माग्यो ईभी आयातको सम्पूर्ण विवरण


काठमाडौं। राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी) को आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ । आयात–निर्यातसँग सम्बन्धित निकाय भन्सार विभागलाई पत्र लेख्दै विद्युतीय सवारी आयातकर्ताले आयातका क्रममा बुझाएको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको हो ।

राजस्व अनुसन्धान विभागले एक महिना यता विद्युतीय सवारी साधनले कर छली गरे–नगरेको विषयमा छानबिन गर्दै आएको छ । विभागसँग कुनै पनि विषयमाथि ६ महिनासम्ममा छानबिन गर्न सक्ने अधिकार छ ।

‘यतिबेला हामीले छानबिन गरिरहेका छौँ । एउटा कम्पनीबाट कागजपत्र लिएका छौँ र आवश्यकताअनुसार थप कागज पनि मगाइरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने । सम्बन्धित कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागसँग थप कागजात माग गरिएको छ ।

राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई लेखेको पत्रमा आयातीत विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता खुलाइदिन भनिएको छ । यस्तै कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आएको भन्ने तथ्यसमेत राख्न राजस्वले भन्सारलाई लेखेको पत्रमा उल्लेख छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्