Thursday, April 17Nepal News Portal
Shadow

ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।

उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिँदा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

बैंकले तोकेको ३५ दिनको समयभित्र उक्त शेयर संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्