Saturday, June 7Nepal News Portal
Shadow

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, जीवन बीमा समूहबाहेक सबै समूह हरियाली


काठमाडौं, पुस २६ (ससं) । आइतबार (आज) नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु २२३५.७२ मा पुगेर बन्द भएको छ । गत कारोबार दिन २१९४ विन्दुमा रोकिएको परिसूचक आज २२०० पार गरेको हो । गत साताको अन्तिम कारोबार दिन २५ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ४१.२४ अंकले वृद्धि भएर बन्द भएको छ ।

२०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो । आज प्रभु लाइफको प्रतिशेयर मूल्य २०९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड फाइनान्स लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । प्रभु बैंक लिमिटेडको आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो बैंकको ४० करोड २९ लाख ९१ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये जीवन बीमा समूहको परिसूचकमा कमी आएको छ भने बाँकी सबै समूहको परिसूचकमा वृद्धि भएको छ । जीवन बीमा समूहको परिसूचक ०.१२ प्रतिशतले घटेको छ । आज सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ३.९८ प्रतिशतले वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्