Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली – Udhyognews.com
Friday, July 4Nepal News Portal
Shadow

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।

 

प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए। ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए।

दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ। त्यसपछि ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। शपथ कार्यक्रम भने सोमबारका लागि तय गरिएको छ।

ओलीले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्