Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
शेयर बजारमा करेक्सन, ८ अर्ब ७३ करोड माथिको कारोबार – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

शेयर बजारमा करेक्सन, ८ अर्ब ७३ करोड माथिको कारोबार


काठमाडौं। सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७.१८ अंकले घटेर २,२४० को विन्दुमा कायम भएको छ । विष्णु पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजारमा करेक्सन देखिएको छ । आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ९. ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २ का इकाईधनीले ९. ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्