Saturday, July 5Nepal News Portal
Shadow

आर्थिक मुद्दामा सबै राजनीतिक दल एकजुट हुँदा नतिजा आउँछः अध्यक्ष ढकाल


काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिँदा अर्थतन्त्र अघि बढ्न सक्ने जनाएका छन् । लगानी सम्मेलनका क्रममा ऐन कानुन परिमार्जन सहज रूपमा भएको स्मरण गर्दै ढकालले सबै राजनीतिक दल एक ठाउँमा उभिएमा अर्थतन्त्र सबल बनाउन सकिने जनाएका हुन् ।

आज उद्योग मन्त्रालयमा आयोजित निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै ढकालले थपे, ‘यसका लागि एकल सेवा बिन्दु केन्द्रलाई सबल र सक्षम बनाउनुपर्छ ।’ यो निकायलाई शक्तिशाली बनाउन सकेमा विदेशी लगानी र स्वदेशी लगानी ल्याउन समस्या पर्दैन ।

यस्तै स्टार्टअपलाई अघि बढाउने सरकारको दृढता नरोकिनु पर्नेमा ढकालको जोड छ । यतिबेला सरकारले एक दशक यता स्टार्टअपलाई अघि बढाउनका लागि ३ प्रतिशत ब्याजमा ऋण दिन सुरु गरेको छ ।

‘यसबाहेक सूचना प्रविधि क्षेत्रमा नेपालले ठुलो प्रगति गर्दै आएको छ,’ ढकालले भने, ‘यो क्षेत्रलाई बढवा दिनुपर्छ । बजेटमा पनि हामीले यो विषयलाई प्राथमिकता दिएका छौँ ।’ यतिबेला नेपालबाट ठुलो मात्रामा प्रविधि निर्यात गर्दै आएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्