Saturday, June 14Nepal News Portal
Shadow

सहकारी ठगलाई कारबाही गर्छौंः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता बताएका छन् ।

प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको जनाए ।

उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं ।’

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले जनाए ।

भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं ।’

सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने बताउँदै उनले भने, ‘यस सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने कोसिस गर्ने छैन । आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन ।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्