Wednesday, February 12Nepal News Portal
Shadow

नेप्से ६१.६१ अंकले बढ्यो


काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २,४८५.९४ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको कुमारी बैंकको २७ करोड माथि शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९. ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्