काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.१५ अंकले बढेर दुई हजार चार सय ८८. ९ विन्दुमा बन्द भएको हो ।
आइतबार १५ अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज भने घटेको छ । नेप्सेमा आज १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११५ वटाको बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४९४.९० पुगेको छ । यसका साथै आज नेपाल फाइनानस लिमिटेडको शेयरमूल्य पनि ८.६७ प्रतिशतले बढेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।