काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बीमा प्रिमियममा गरिएको अत्याधिक वृद्धिलाई न्यूनीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ।
प्रधानमन्त्री ओलीसमक्ष ४३ बुँदे सुझाव पेस गर्दै चेम्बरले वर्तमान आर्थिक प्रतिकूलताबीच उद्यमी–व्यवसायीलाई मर्का पर्नेगरी नेपाल बीमा प्राधिकरणले प्रिमियममा गरेको अत्याधिक वृद्धिलाई न्यूनीकरण गरिनुपर्ने सुझाव दिएको हो। हुलदंगा र आतंकबादको बीमालाई ऐच्छिक गरिनुपर्ने चेम्बरको सुझाव छ।
यसैगरी चेम्बरले शेयर धितो कर्जाको सीमा हटाउनुका साथै ५० लाख रुपैयाँ माथि कर्जामा जोखिम भार पनि घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ। प्रधानमन्त्रीबाट अर्थतन्त्रको शिथिलता अन्त्य गर्न विगतमा झैँ आवश्यक साथ सहयोग एवं अभिभावकत्व प्रदान हुने विश्वास चेम्बरको रहेको छ।