Saturday, March 22Nepal News Portal
Shadow

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा हवाई सेवा बन्द


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा बन्द गरिएको छ।

बिहान करिब ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घनाग्रस्त भएको थियो। जहाज उड्नेबित्तिकै खसेको थियो।

त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकारीले उद्धार उडान–अवतरण सबै बन्द गरिएको बताए। काठमाडौं आइरहेका जहाज अन्यत्र डाइभर्ट गरिएको ती अधिकारीको भनाइ छ।

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने ती अधिकारीले बताए। दुर्घटनाग्रस्त विमान १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाग्रस्त क्षेत्रबाट अहिलेसम्म ४ वटा शव निकालिएको उद्धारकर्मीहरुले जनाएका छन्।

उद्धार कार्य जारी रहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्