Sunday, April 20Nepal News Portal
Shadow

२७ अंकले घट्यो नेप्से , कारोबार रकम १६ अर्ब २० करोड माथिको शेयर


काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूय घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ताको शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९ .९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ .६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्