Monday, February 10Nepal News Portal
Shadow

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त


काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज साउन १० गते बसेको बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो भदौ १ गतेबाट लागू हुनेछ। हाल उनी बैंकको सिनियर डेपुटी सीईओ छन्।

हाल बैंकको सीईओ रत्नराज बज्राचार्य छन्। उनको कार्यकाल साउन मसान्तबाट सकिँदैछ।

रेग्मी बैंकिङ क्षेत्रमा साढे ३ दशकदेखि सक्रिय छन्। उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतबाट एमबीएको पढाइ पूरा गरेका छन्।

सञ्चालक समितिको सोही बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई पनि नियुक्त गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्