काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।
बजेटले आर्थिक वर्ष २०८१/८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।
बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ।
जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ।
वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५।६२ प्रतिशत छ। राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो।