Friday, January 24Nepal News Portal
Shadow

शेयर बजारमा बन्यो नयाँ कीर्तिमान


काठमाडौं । नेपालको शेयर बजारमा आज नयाँ कीर्तिमान कायम भएको छ । । आज शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । आज शेयर बजारमा ३३२ कम्पनीका ५ करोड ९ लाख ३८ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८९ करोड ६७ लाख ३१ हजार ६७८ रुपैयाँको शेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६० करोड बढीको कारोबार भएको थियो । जुन हालसम्मकै उच्च् थियो र आज त्यो ब्रेक तोडिएको छ ।

आज नेप्से परिसूचक ६४. २५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्