Sunday, February 16Nepal News Portal
Shadow

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल


काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् ।

उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोकिएका हुन् ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्