Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी – Udhyognews.com
Thursday, July 3Nepal News Portal
Shadow

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । सो समयभित्र कुनै पनि संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरिद गर्न पाउने गरी पुनः बिक्री ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व ९नवलपरासी० गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्