Sunday, March 16Nepal News Portal
Shadow

सुनको मूल्यले रेकर्ड ब्रेक


काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।

सोमबार प्रतिताेलन  १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।

यस्तै चाँदीको मूल्य मंगलबार  प्रतिताेला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्