Monday, September 16Nepal News Portal
Shadow

शेयर बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार


 

काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ .१८ अंकले घटेर २,९२३ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९. ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९् ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ .९३ प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्