Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Monday, September 16Nepal News Portal
Shadow

प्रचण्ड-नेपालले गरे निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आग्रह


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड(नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन्।

‘प्रचण्ड नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ।

आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।

अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए।

सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी रहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्