Monday, September 16Nepal News Portal
Shadow

सेना समायोजन र हतियार व्यवस्थापन गर्दा पार्टी विभाजन भयोः प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल ‘प्रचण्ड’ले सेना समायोजन गर्दा पार्टी विभाजन भएको जनाएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले सेना समायोजन र हतियार व्यवस्थापन सहज नभएका स्मरण गरे ।

“भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ, प्रत्येक क्यान्टोनमेन्टमा रक्तपात हुन पनि सक्छ । आजकै दिन, आजकै राति सेना समायोजन हुनुपर्यो, हतियार व्यवस्थापन हुनुपर्यो भनेपछि राति ११ बजेपछि यो काम सम्पन्न गरियो,” उनले सुनाए,“ बिनाकुनै जटिलता काम गरियो । एउटै मात्र क्षति मैले र मेरो पार्टीले व्यहोर्नुपर्यो । मैले सेना समायोजन, हतियार व्यवस्थापन गरेवापत पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले व्यवहोनुपर्यो, देश बच्यो ।”

शान्ति प्रक्रियाको इतिहासमा आजको दिन दूरगामी महत्वको ऐतिहासिक दिन भएको समेत उनको भनाइ छ । शान्तिप्रक्रियाले पूर्णता पाउने विश्वास गर्न सकिने पनि उनको भनाए बताए । साझा प्रयासले नै यो ठाउँमा आइपुगेको बताउँदै कार्यान्वयनमा भने जटिलता रहेको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्