काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालीन न्याय निरुपणको गाँठो फुकाउनेगरी कानुन बने पनि कानुन आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै त्यसमा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिएका छन् ।
उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने जनाए । आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे ।
आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ स् रवि लामिछाने