Saturday, March 22Nepal News Portal
Shadow

त्रिविका पदाधिकारीमाथि हमलाको प्रयास भयो: शिक्षामन्त्री


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था प्रबन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीमा आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन्।

‘सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसंग जोडदार माग गर्दछु,’ सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मन्त्री भट्टराईले उल्लेख गरेकी छन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्